

धादिङ । धादिङमा ‘विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा बेनीघाट रोराङ गाउँपालिकाको वडा नं ८ स्थित चैलिङमा सोमबारदेखी सञ्चालन गरेको तालिम बुधबार सकिएको हो ।
सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने र एआईको प्रयोगद्वारा पत्रकारिता क्षेत्रलाई थप अब्बल बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा धादिङ जिल्लाभित्र रहेर विभिन्न संचारमाध्यममा कार्यरत २६ जना पत्रकारहरु सहभागी थिए ।
तालिममा विकास पत्रकारिता सम्बन्धी सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष डा.महेन्द्र विष्टले प्रशिक्षण दिनुभएको थियो भने कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ सम्बन्धी पत्रकारितामा एआईको प्रयोग पुस्तकका लेखक तथा गोरखापत्र दैनिकका उपसम्पादक अजय शर्माले प्रशिक्षण दिनुभएको थियो ।
तालिमको समापन गर्दै बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले अहिले प्रविधिको युगमा उचित प्रयोग गर्न सके हाम्रो दैनिकी सहज बन्ने बताउनुभयो ।
प्रशिक्षकद्धय डा.महेन्द्र विष्ट र अजय शर्माले तालिममा सिकेका कुराहरु प्रयोग गर्न सकिएन भने तालिमको कुनै औचित्य नहुने बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले मुद्दा उठ्ठान र तथ्यमा आधारित रिपोर्टिङमा एआईको उपयोग महत्वपूर्ण बनेको बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |