


























धादिङ । जेन-जी आन्दोलनका क्रममा चितवनस्थित भरतपुर कारागारबाट फरार भएका एक थुनुवालाई धादिङ प्रहरीले पक्राउ गरेको छ।
लागू औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मलेखुका २३ वर्षीय मनोज मगरलाई आइतबार बिहान आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो।
पक्राउ परेका मगरलाई आवश्यक कारवाहीको लागी भरतपुर कारागार कार्यालय, चितवनमा बुझाइएको प्रहरीले जनाएको छ।
उनी लागू औषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका थिए। उक्त मुद्दाको अन्तिम फैसला भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी दाहालका अनुसार धादिङ प्रहरीले जेन-जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दी तथा थुनुवामध्ये हालसम्म १५२ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको छ ।
प्रहरीले फरार कैदीबन्दी तथा थुनुवाको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |