


























धादिङ। धादिङको रुवी भ्याली गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड २२ लाख रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राम सिंह तामाङले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर समावेशी, दिगो र जनमुखी विकासका कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो।
उहाँले गाउँपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा स्थानीय नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि सदस्यहरूले छलफल गरेका थिए। छलफलपछि बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा स्थानीय नागरिकको जीवनस्तर सुधार, आधारभूत सेवा विस्तार तथा दिगो विकासका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |