












धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु ५७ करोड ९० लाखबढिको बजेट सार्वजनिक गरेको छ ।
शनिबार गाउँपालिकाले १७ औ गाउँसभा मार्फत नीति तथा कार्यक्रम र अनुमानित आय व्यय सार्वजनिक गरेको हो ।
गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को कुल बजेट रु ५७ करोड ९० लाख ५२ हजार २ सय रहेको छ ।
जसमा चालुतर्फ ४३ करोड ७५ लाख २ हजार २ सय रहेको छ भने पूँजीगत तर्फ १४ करोड १५ लाख ५० हजार रहेको छ ।
उपाध्यक्ष अर्यालका अनुसार क्षेत्रगत विनियोजित बजेटमा आर्थिक विकास तर्फ ९९ लाख ५० हजार, सामाजिक विकास तर्फ ५ करोड १० लाख २३ हजार २ सय, पूर्वाधार विकास तर्फ १४ करोड १५ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित तर्फ ५६ लाख र कार्य संचालन तथा प्रशासनीक तर्फ ८ करोड १५ लाख ७९ हजार विनियोजन भएको छ ।
आगामी आ.वको लागि गाउँपालिकालाई संघीय सरकारवाट समानिकरण अनुदान १२ करोड ९१ लाख, सशर्त अनुदान २२ करोड ९६ लाख, विशेष अनुदान १ करोड ३१ लाख, र समपुरक अनुदान ५० लाख गरि कुल रु ३७ करोड ६८ लाख प्राप्त भएको छ ।
त्यसैगरी बागमती प्रदेश सरकारवाट समानीकरण अनुदान १ करोड १९ लाख ६६ हजार, सशर्त अनुदान २ करोड १ लाख ७७ हजार ९ सय, विशेष अनुदान ७० लाख र समपुरक अनुदान २ करोड गरि कुल रु ६ करोड ७ लाख ४५ हजार प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
बजेटमा भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक विकास,सामाजिक समावेशीकरण सम्बन्धी नीति,राजस्व तथा आन्तरिक स्रोत परिचालन लगायत क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।
गाउँपालिका अध्यक्ष यामनाथ दनैले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय आवश्यकता र जनचाहनालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो ।
बजेटले भौतिक पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रको सुदृढीकरणसँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको अध्यक्ष दनैको भनाई थियो ।
गाउँसभाले गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूको करार अवधि थप ६ महिनाका लागि नवीकरण गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले जानकारी दिनुभयो ।
गाउँसभाको अवसरमा शैक्षिक क्षेत्रको विकासमा योगदान पुर्याउने विद्यालयलाई गाउँपालिकाले सम्मान गरेको छ। गएको एसइइ परीक्षामा शत प्रतिशत नतिजा हासिल गरेको सुनखानी माध्यमिक विद्यालयलाई नगद रु २ लाख सहित सम्मान गरेको हो।
त्यस्तै गाउँपालिकाका १९ जना कर्मचारी, स्वास्थ्य स्वयंसेविका, विद्यार्थी तथा विद्यालयहरुलाई पनि सम्मान गरिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |