

धादिङ। सिद्धलेक गाउँपालिका-४ बुङचुङमा अवस्थित आयाम इङ्लिस स्कुलले विविध कार्यक्रम आयोजना गर्दै भव्य रूपमा गुरु पूर्णिमा मनाएको छ।
विद्यालय सञ्चालक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूसँग अन्तरक्रिया, विविध सांस्कृतिक प्रस्तुति तथा शिक्षक-शिक्षिकाबीच मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो।
शिक्षक-शिक्षिकाको मनोबल अभिवृद्धि गर्नुका साथै विद्यालय परिवारबीच आपसी सद्भाव, सम्मान र सहकार्यको भावना थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल ममिता अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत सञ्चालक समितिको तर्फबाट म्युजिकल चेयर, चम्चा-गुच्चा प्रतियोगिता तथा माइण्ड टेस्ट प्रतियोगिता सञ्चालन गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल ममिता अर्याल, भाइस प्रिन्सिपल विशाल गुरुङ तथा विभिन्न विषयका शिक्षक-शिक्षिकाहरूले गुरु पूर्णिमाको महत्व, गुरु-शिष्य सम्बन्ध र शिक्षाको भूमिकाबारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष विकास कोइरालाले शिक्षकको सम्मान र हौसला नै गुणस्तरीय शिक्षाको आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
विद्यालयका प्रिन्सिपल ममिता अर्यालका अनुसार आयाम इङ्लिस स्कुलमा हाल कक्षा ८ सम्म अध्यापन भइरहेको छ। दक्ष शिक्षक-शिक्षिकाद्वारा मैत्रीपूर्ण वातावरणमा पठनपाठन सञ्चालन हुँदै आएको विद्यालयमा नृत्य कक्षा, तेक्वान्दो तथा खेलकुदसम्बन्धी कक्षासमेत नियमित सञ्चालनमा छन्।
विद्यालयमा सुविधासम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय, अतिरिक्त क्रियाकलापका लागि आवश्यक सम्पूर्ण सामग्री तथा दक्ष प्रशिक्षकको व्यवस्था रहेको प्रिन्सिपल अर्यालले जानकारी दिनुभयो।
हाल विद्यालयमा करिब ३०० जना विद्यार्थी अध्ययनरत छन् भने २१ जना शिक्षक–शिक्षिका कार्यरत रहेका छन्। गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै आयाम इङ्लिस स्कुलले स्थानीय स्तरमा आफ्नो शैक्षिक पहिचान स्थापित गर्दै आएको विद्यालयले जनाएको छ।
तस्विरको लागि तलको लिकं क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |