

धादिङ- धादिङ जिल्लामा सञ्चालित सबै प्रकारका पूर्वाधार कार्यक्रम तथा योजनाको भौतिक र वित्तीय प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्याउने सम्बन्धित सरकारी कार्यालयहरूले प्रतिबद्धता जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय धादिङमा शुक्रबार आयोजित गत आर्थिक वर्षको समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/८४ का योजना कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरूले चालु आर्थिक वर्षमा सबै योजनाको भौतिक तथा वित्तीय प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्याउने गरी कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले सडक, भवन, खानेपानी, सिँचाइलगायत प्रदेश र संघीय सरकारअन्तर्गत सञ्चालन हुने योजनाहरू गुणस्तरीय, समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो।
बैठकमा राष्ट्रिय गौरवको आयोजना नौबिसे–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत विद्युत्का पोल समयमै स्थानान्तरण हुन नसक्दा निर्माण कार्य प्रभावित भएको तथा बिटुमिन (डामर) अभावका कारण अपेक्षित प्रगति हासिल गर्न कठिनाइ भएको जानकारी गराइएको थियो।
त्यसैगरी, खानेपानी, जलाधार, सिँचाइ, सहरी विकास तथा पूर्वाधारसँग सम्बन्धित प्रदेश र संघीय कार्यालयहरूले गत आर्थिक वर्षको प्रगति विवरण तथा चालु आर्थिक वर्षमा सञ्चालन गरिने योजनाबारे जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा उपभोक्ता समिति तथा ठेक्का प्रक्रियामार्फत सञ्चालन हुने योजनाको प्रभावकारी अनुगमन, फिल्डस्तरमा अनुगमन पुस्तिका अनिवार्य रूपमा प्रयोग गर्ने तथा अनुगमनकर्ताले लिखित सुझाव दिनुपर्ने विषयमा समेत विस्तृत छलफल भएको थियो।
समीक्षा कार्यक्रममा प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठ र आशिका तामाङ, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |