

धादिङ । धादिङ अस्पतालमा कुकुरले टोकेको अवस्थामा आवश्यक पर्ने रेबिज इम्युनोग्लोबुलिन (रेबिजविरुद्धको इम्युनोग्लोबुलिन सुई)-(RIG) सेवा पहिलोपटक सुरु भएको छ।
यससँगै रेबिजविरुद्धको उपचारका लागि आवश्यक Anti-Rabies Vaccine (ARV) सँगै RIG सेवा पनि अब धादिङ अस्पतालमै उपलब्ध हुने भएको छ।
यसअघि धादिङ अस्पतालमा Anti-Rabies Vaccine (ARV) सेवा मात्र उपलब्ध थियो।
कुकुरले टोकेको अवस्थामा RIG आवश्यक पर्ने बिरामीलाई थप उपचारका लागि काठमाडौं पठाउनुपर्ने अवस्था थियो। RIG सेवा अस्पतालमै सुरु भएपछि त्यस्ता बिरामीले अब आफ्नै जिल्लामा आवश्यक उपचार सेवा लिन सक्ने भएका छन्।
RIG सेवा सुरु भएसँगै कुकुर तथा अन्य रेबिजको जोखिम भएका जनावरले टोकेका बिरामीलाई समयमै आवश्यक उपचार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।
चिकित्सकको मूल्यांकनअनुसार आवश्यक पर्ने बिरामीलाई Anti-Rabies Vaccine सँगै RIG उपलब्ध गराइनेछ।
धादिङ अस्पतालमै RIG सेवा उपलब्ध भएपछि रेबिजको जोखिममा परेका जिल्लावासीलाई उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने भएको छ।
स्वास्थ्यकर्मीहरूले कुकुरले टोकेको अवस्थामा घाउलाई तत्काल साबुनपानीले राम्ररी धुन, ढिला नगरी स्वास्थ्य संस्थामा पुग्न र चिकित्सकको सल्लाहअनुसार Anti-Rabies Vaccine तथा आवश्यक परे RIG लगाउन आग्रह गरेका छन्।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |