

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी सवारी साधनका लागि पनि खुला गरिएको छ।
सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु बोक्ने कार, जिप तथा भ्यानलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको हो।
एक महिनाअघिदेखि सञ्चालनमा आए पनि सुरुङमार्ग आपतकालीन सवारी साधनका लागि मात्रै प्रयोग हुँदै आएको थियो।
अब इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी नम्बर प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारीलाई निश्चित समयका लागि परीक्षणस्वरूप सुरुङमार्ग प्रवेश खुला गरिएको हो।
परीक्षण सफल भएमा क्रमशः अन्य प्रकारका सवारी साधनलाई समेत सुरुङमार्ग प्रयोग गर्न दिने तयारी गरिएको छ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीले प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा चलाउन नपाउने, हेडलाइट अनिवार्य बाल्नुपर्ने, सुरुङभित्र सवारी रोक्न नपाइने तथा ओभरटेक गर्न नहुने नियम लागू गरिएको छ।
सुरुङमार्गको नियमित सञ्चालनका लागि सुरक्षा युनिट तथा शुल्क संकलन युनिटसमेत परिचालन गरिनेछ।
सुरुङभित्रका गतिविधिलाई सीसीटीभीमार्फत निगरानी गरिने व्यवस्था गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |