

धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ को अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा १ हजार ७५८ मत खसेको छ ।
कुल १ हजार ७९० प्रतिनिधि मध्ये १ हजार ७५८ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
मत मतगणना भने भोली (असोज १५ गते) विहानबाट सुरु गरिने नेपाली कांग्रेसले जनाएको छ ।
अधिवेशनले क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूको नेतृत्व चयन गर्दैछ भने केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।
कांग्रेस धादिङको दुई समुहका उम्मेदवारहरुबीचको प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ ।
दुबै समुहले सार्वजनिक गरेको मतपत्र तथा उम्मेदवारहरूको विवरण अनुसार प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा सभापति पदका लागि नवराज तिमल्सिना र राजन बुर्लाकोटीबीच प्रतिस्पर्धा छ।
त्यसैगरी, प्रदेश सभा २ (क) को सभापति पदका लागि ईश्वर अर्याल र प्रकाश कुमार श्रेष्ठबीच प्रतिस्पर्धा छ।
प्रदेश सभा २ (ख) को सभापति पदका आशिष किरण अधिकारी र पाण्डव कुमार श्रेष्ठबीच प्रतिस्पर्धा छ।
यी उम्मेदवारहरूबीचको चुनावी भिडन्तलाई क्षेत्रीय अधिवेशनको रोचक प्रतिस्पर्धाको रूपमा लिइएको छ ।
मतदान सकिएसँगै उम्मेदवारहरू र उनीहरूका समर्थकहरूबीच नतिजा कसको पक्षमा आउने भन्ने विषयमा चासो र उत्सुकता बढेको छ ।
कांग्रेस धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन भने आजबाट सुरु भएको छ ।
नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको र सहमति नजुटे भोली १५ गते मतदान प्रक्रियामा जाने कांग्रेस धादिङले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |