




धादिङ- सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेड नलाङले १ करोड ३८ लाख ९५ हजार भन्दा बढी मुनाफा गरेको छ।
सिद्धलेक गाउँपालिका-२ स्थित नलाङको ठाँटीभञ्ज्याङमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ३८ लाख ९५ हजार ३८ रुपैँया मुनाफा आर्जन गरेको हो।
नाफा रकम बिभिन्न कोषमा बाँडफाँड गरी शेयर लाभाषं वापत १३.९७ प्रतिशतले प्रतिशेयर कित्ता वितरण गरिने भएको छ।
शनिबार सिद्धेश्वर माविको प्राङ्गणमा सम्पन्न संस्थाको १९ औं वार्षिक साधारणसभा तथा ५ औँ अधिवेशनमा सहकारीका अध्यक्ष तिलक सिंखडाले प्रगती विवरण, सहकारीकी प्रबन्धक अम्बिका न्यौपाने सिलवालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक ईश्वरी अर्यालले लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रगती विवरण प्रस्तुत गर्दै सहकारीका अध्यक्ष तिलक सिंखडाले आर्थिक वर्ष २०८२÷८३ मा संस्थाको कुल शेयर पूँजी रकम रु.२ करोड ९० लाख २४ हजार ७ सय, साधारण जगेडा कोष रु. ४ करोड १९ लाख ८२ हजार ४ सय २१, अन्य कोष तर्फ रु. १ करोड २७ लाख ७१ हजार ८०६ र निक्षेप तर्फ १८ करोड २७ लाख ५८ हजार २४१ गरि कूल आन्तरिक पूँजी रु. २६ करोड ६५ लाख ३७ हजार १६९ रहेको बताउनुभयो।
२०६५ सालमा स्थापना भएको सहकारीमा हाल २ हजार १५७ जना सदस्य, १ हजार ५७० जना शेयर सदस्य, ५८७ जना बाल सदस्य र २५४ वटा समुहहरु रहेको सहकारीकी प्रबन्धक अम्बिका न्यौपाने सिलवालले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०८२/८३ मा संस्थाको शेयर सदस्यहरुसँग ३१ करोड ७६ लाख ९३ हजार १३६ ऋण लगानी रहेको प्रबन्धक सिलवालले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका उपाध्यक्ष पुर्ण शर्माले सहकारीको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके मात्रै सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार ल्याउन सकिने बताउनुभयो । सहकारीले बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई कृषि, पशुपालन र उद्यमशीलतासँग सदस्यलाई जोड्न लगानीलाई उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गर्नुपर्ने बताउनुभयो।
यस्तै बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष डिल्ली प्रसाद पाठकले सहकारीले पारदर्शिता, आर्थिक अनुशासन र सुशासनलाई प्राथमिकता दिँदै सदस्यको बचत सुरक्षित राख्ने र उनीहरूकै हितमा काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो।
यसैगरी जिल्ला सहकारी संघ लिमिटेड धादिङका अध्यक्ष रंग प्रसाद थपलियाले पछिल्लो समय सहकारी क्षेत्रप्रति विभिन्न नकारात्मक धारणा र अविश्वास बढिरहेको अवस्थामा सदस्यको विश्वास जित्नु सहकारीहरूको मुख्य चुनौती बनेको बताउनुभयो।
त्यस्तै साना किसान विकास लघुबित्त वित्तिय संस्था लि गजुरी शाखाका प्रबन्धक विशाल कुमार तुलाधरले साना किसान कृषि सहकारी संस्थाहरू ग्रामीण क्षेत्रका किसानको आर्थिक तथा सामाजिक रूपान्तरणका महत्वपूर्ण आधार रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी वक्ताहरुले कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा साना किसान कृषि सहकारीहरुले ठूलो योगदान गरेको र सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताएका थिए।
कार्यक्रमको अवसरमा असल ऋणी सदस्यलाई सम्मान गरिएको थियो भने सामुदायिक विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने २ बिधार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कृषक व्यवसायीहरुलाई प्रमाण पत्रसहित नगद, उत्कृष्ट बचतकर्ताहरु, बाल बचतकर्ता र उत्कृष्ट अन्तरसमुहलाई प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।
सहकारीका अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धेश्वर माविका प्रधानाध्यापक हरि बहादुर सिलवाल, साना किसान कृषि सहकारी नलाङका संस्थापक अध्यक्ष कृष्ण प्रसाद अर्याल, पूर्वअध्यक्ष कमल बहादुर गुरुङ, सिद्धलेक गा.पाका निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवालको आतिथ्य रहेको थियो।
संस्थाले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउने सोच अनुरूप चालु आर्थिक बर्षको अन्त्य सम्ममा १ करोड ६५ लाख ९ हजार नाफा नाफा गर्ने प्रक्षेपण गरेको छ।
कार्यक्रमको सम्पूर्ण गतिबिधिका तस्विरहरुको लागि तलको लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/share/p/19WmdxVUsC/
भिडियो…





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |