




काठमाण्डौ । यस वर्षको तिहारका पाँचै दिन देशका धेरै ठाउँको मौसम घमाइलो हुने भएको छ ।
पर्सि काग तिहारदेखि बुधबार भाइटीकाको दिनसम्म धेरै ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तिहार अवधिभर तराईका धेरै ठाउँमा मौसम सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा आंशिक बदली हुने महाशाखाको अनुमान छ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली तथा पहाडी थोरै ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि त्यसको प्रभाव सामान्य रहने छ।
तिहार अवधिमा बिहानपख तराई, उपत्यका तथा खोँचका केही ठाउँमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिने हुँदा पर्व मनाउन अनुकूल मौसम रहने मौसमविद्को भनाइ छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |