




धादिङ। फुर्केखोलाको पक्की पुल बाढीले बगाएको क्षेत्रमा अस्थायी रूपमा जडान गर्न लागिएको ‘पन्टुन ब्रिज’ (तैरिने पुल) फुर्केखोला आइपुगेको छ।
धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्ने पक्की पुल भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसँग टुटेको सडक सम्पर्क जोड्न जिल्लाको १३ स्थानीय तहहरूको पहलमा यो अस्थायी पुल ल्याइएको हो।
बाढीले फुर्केखोलाको पक्की पुलसहित त्रिशूली नदी वारपार गर्ने पक्की पुलहरू बगाएपछि धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क विच्छेद भएको थियो, जसका कारण एम्बुलेन्ससमेत लामो र जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्न बाध्य थिए।
राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा आइपुगेसँगै यसको प्राविधिक पक्षबारे स्थलगत निरीक्षण भइसकेको छ।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैका अनुसार प्राविधिक भोलीबाटै पुलमा रंगरोगनको काम सुरु गरिनेछ।
त्यसपछि तिहार लगतैबाट यसको जडान कार्य सुरु गरिनेछ।
स्थायी पुल निर्माण नहुँदासम्म यातायात सहज बनाउन यसले ठूलो सहयोग पुर्याउनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |