

धादिङ । साङ्कोष-तिप्लिङ सडकको प्रवेशबिन्दु धादिङबेसी पुछारबजार स्थित थोपल खोलामा मल्टी सेल बक्स कल्भर्ट निर्माण सुरु भएको छ।
बागमती प्रदेश सरकारको ३ करोड ८० लाख रुपैयाँ लागतमा पूर्वाधार विकास कार्यालय धादिङमार्फत निर्माण हुने उक्त आयोजना एस एस कन्स्ट्रक्सन प्रालि, नीलकण्ठ-१२ ले निर्माण गर्ने जिम्मेवारी पाएको हो।
निर्माण व्यवसायी जयराम भण्डारीका अनुसार डिजाइन अनुसार खोलामा चारवटा खण्ड (सेल) भएको आरसीसी बक्स कल्भर्ट निर्माण गरिनेछ।
संरचनाको जगमा ५० सेन्टिमिटर र माथिल्लो स्ल्याबमा ७० सेन्टिमिटर बाक्लो आरसीसी ढलान हुनेछ।
बीचमा विभाजन भित्ता र आवश्यक पिलर संरचनासहित निर्माण गरिने यो प्रविधि सामान्य ह्युमपाइप कल्भर्टभन्दा बलियो र प्रभावकारी हुने निर्माण व्यवसायी भण्डारीले बताउनुभयो।
थोपल खोलामा वर्षायाममा पानीको बहाव बढ्दा हालको ह्युमपाइप कल्भर्टमाथिबाटै खोला बग्ने गरेको छ।
स्थानीयका अनुसार यस स्थानमा खोलाको जोखिमका कारण दुईदेखि तीन जनाले ज्यानसमेत गुमाइसकेका छन्।
लामो समयदेखि जोखिमपूर्ण आवागमन गर्न बाध्य स्थानीय नयाँ संरचना निर्माण सुरु भएपछि आशावादी बनेका छन्।
धादिङ साङ्कोष–तिप्लिङ सडक उत्तरी धादिङका साङ्कोष, कटुञ्जे, सेमजोङ, मार्पाक, सत्यदेवी, दार्खा, झार्लाङ, सेर्तुङ, तिप्लिङ, लापा, री, गुम्दी र फूलखर्कलगायत क्षेत्रका नागरिकको सदरमुकाम आवागमन गर्ने मुख्य मार्ग हो।
हजारौँ नागरिक दैनिक निर्भर रहने यस सडकको सुरुवाती बिन्दुमै लामो समयसम्म सुरक्षित संरचना बन्न नसक्नु स्थानीयको चिन्ताको विषय रहँदै आएको थियो।
आयोजनाको सम्झौता २०८३ असार १६ गते भएको हो। सम्झौताअनुसार २०८४ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।
यसै सडकअन्तर्गत धादिङबेसीदेखि करिब १५ किलोमिटर टाढाको टोड्केसम्म कालोपत्र गर्ने तयारी भइरहेको छ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |