






काठमाण्डौ । काठमाण्डौमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानिया, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा रहेका छन् ।
यस्तै, काभ्रेका २७ वर्षीय टेक बहादुर तामाङ, २५ वर्षीय दिनेश महत र दोलखाका २१ वर्षीय निखिल उप्रेती रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डौले आज निकालेको प्रेस विज्ञप्तिअनुसार काठमाण्डौ महानगरपालिका वडा नम्बर २८ टुकुचामा रहेको खसी बजारमा बाख्रीको मासुलाई खसीको मासु भनी बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
बिहान झण्डै ४ बजे जाँच गर्ने क्रममा झण्डै ५६७ किलोमा बाख्रीको मासु गाडीमा लोड गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता दान बहादुर थापाले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |