

काठमाण्डौ । पछिल्लो पाँच वर्षमा कुल १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख रुपैयाँ अनुदान वितरण भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार पाँच वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदान वितरण भएको छ।
सचिवस्तरीय निर्णयअनुसार सहसचिव डा.हरिबहादुर केसीको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय समितिले यो विवरण सार्वजनिक गरेको हो ।
कृषिमन्त्री रामनाथ अधिकारीले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म प्रत्यक्ष अनुदानतर्फ २० अर्ब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्षतर्फ रासायनिक मल अनुदानका लागि ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ वितरण गरिएको बताउनुभयो ।

अप्रत्यक्षतर्फ रासायनिक मल वितरण कार्यक्रममा ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार अनुदान दिएकोमा प्रत्यक्षतर्फ २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ अनुदान प्रवाह भएको छ ।
प्रत्यक्ष अनुदानअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १ लाख ४१ हजार ६ सय ७० सहकारी, समूह र फर्मलाई ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ प्रदान गरेको छ ।
यस्तै रानी जमरा गुलरिया सिँचाइ आयोजनाले २१ हजार ४ सय ५० समूह र फर्मलाई १८ करोड ४८ लाख ६१ हजार, कृषि क्षेत्र विकास कार्यक्रममा २७ हजार ६ सय ५० सहकारी र समूहलाई ८० करोड १९ लाख ६१ हजार, नेपाल लाइभस्टक इनोभेसन आयोजनामा ११ हजार १ सय ५० वटा सहकारीलाई १ अर्ब ९२ करोड ७५ लाख १३ हजार र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले ४६ हजार २ सय २६ सहकारी र समूहलाई १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ वितरण गरेको मन्त्रालयले जनाएको छ ।
यस्तै उखु कृषक प्रोत्साहनका लागि ४ अर्ब ७ करोड २४ लाख २० हजार, कृषि बीमाको प्रिमियमका लागि ५० करोड ४८ लाख ८२ हजार र पशुपक्षी तथा मत्स्य बीमाका लागि ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

अनुदान वितरणमा पारदर्शिता बढाउन र दुरुपयोग रोक्न अनुदानग्राहीहरूको नाम सार्वजनिक गर्ने कृषिमन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले तीन तहका सरकारबीच समन्वय गरी अनुदान वितरणलाई एकीकृत गर्ने र अनुदानको प्रभावकारिता सुनिश्चित गर्न ठोस योजना अघि बढाइएको जानकारी दिनुभयो ।
प्रदेश र पालिका तहबाट प्रवाह भएका अनुदानहरूको विवरण पनि सार्वजनिक गर्न अपिल गर्दै मन्त्रालयले अनुदानको सही उपयोग सुनिश्चित गर्न अध्ययन समिति गठन गरेको छ ।
आउँदा दिनमा एकीकृत प्रणालीमार्फत अनुदानलाई थप पारदर्शी बनाउने र प्रभावकारिता सुनिश्चित गर्ने मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |