

फुलखर्क । धादिङको गंगाजमुना गाउँपालिका-५, फुलखर्कका कृषकहरूलाई घर बगैंचा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा संचालन गरेको उत्थानशील जनजिविका तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत घर बगैंचाको स्थापना र व्यवस्थापन सम्बन्धी २ दिने तालिम सञ्चालन गरिएको हो।
शुक्रबार र शनिबार सञ्चालन भएको तालिममा २३ जना कृषकहरू सहभागी थिए।

तालिममा घर बगैंचाको स्थापनाका लागि उपयुक्त स्थान र सामग्री छनोट, माटो व्यवस्थापन, सिँचाइ प्रणाली, र जैविक कृषि पद्धतिहरूको प्रयोगबारे जानकारी ,नर्सरी व्यवस्थापन, फलफूलको रोपण र हेरचाह, च्याउ उत्पादन, र जडीबुटी बगैंचाको व्यवस्थापनका उपायहरू बिषयमा सहजकर्ता नवराज न्यौपानेले सहजिकरण गर्नु भएको थियो ।

तालिममा गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा,वडा नं ५ का वडाध्यक्ष कुमार बहादुर अधिकारी र आड्रा नेपालका फिल्ड अधिकृत दिलिप चन्द्र ढकालको आतिथ्यमा रहेको थियो।
ग्रामीण कृषकहरूको आय आर्जन र पोषण सुधारका लागि घर बगैंचाको भूमिका महत्त्वपूर्ण , पोषण सुधार र जिविकोपार्जन समेत टेवा पुग्ने उपाध्यक्ष रामेश्वर सिम्खडाले बताउनुभएको थियो ।

तालिम समापनको क्रममा उपाध्यक्ष सिम्खडाले कृषकहरुलाई ईमानदारीपूर्वक घर घरमा बगैंचा स्थापना र व्यवस्थापन अनुरोध गर्दै घर बगैंचा स्थापना गर्ने कार्य अभियानको रुपमा सबै घरमा गर्नुपर्ने बताउनु भएको प्रयास नेपाल,धादिङका जेण्डर एसोसियट शर्मिला गुरुङले जानकारी दिनुभयो ।

कृषक समुहका सदस्यहरुलाई घर बगैंचा स्थापना र व्यवस्थापनमा समक्ष बनाउने उद्धेश्यले तालिम संचालन गरिएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिनुभयो।
कृषकहरूलाई आत्मनिर्भर बन्न र दिगो कृषि प्रणालीको अभ्यास मार्फत पोषण सुधार र आय आर्जन गर्न घर बगैंचा व्यवस्थापनमा तालिमले सहयोग हुने संयोजक प्याकुरेलले बताउनुभयो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |