

धादिङ । धादिङमा १३ हजार भन्दाबढि हेक्टर क्षेत्रफलमा धान खेती लगाईदै आएको छ ।
कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाको १३ स्थानिय तहमध्ये नीलकण्ठ नगरपालिका, गंगाजमुना, त्रिपुरासुन्दरी र बेनिघाट गाउँपालिकालाई बर्षे धान खेतीको पकेट क्षेत्र मानिन्छ ।
जिल्लामा बार्षिक ५० हजार ३ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि विकास कार्यालयले जनाएको छ ।धादिङमा उत्पादन भएको धान छिमेकी जिल्ला काठमाण्डौ, रसुवा, नुवाकोटमा बढी निर्यात हुने गरेको छ ।
पछिल्लो समय धादिङका किसानहरु स्थानीय जातको धान रोप्न छाडेर अधिकांश किसानले हाइब्रिड धानप्रति आकर्षित हुने गरेका छन् ।
कम उचाई भएका ठाउँहरुमा युएस ३१२, धानिया, राजा लगाएका छन् भने अलि बढी उचाई भएका ठाउँहरुमा सावित्री, मनसुली, मकवानपुरे लगायत जातका धान लगाउने गरेका छन् ।
स्थानीय तहका प्राविधिकहरुले मोटामोटी अनुमानको भरमा रिपोटिङ गर्ने गरेका छन् । कति जमिनमा धान खेती हुन्छ, कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक गाउँपालिकाहरुमा भेटिदैन ।
आँखाले हेरेर अनुमान लगाएकै आधारमा प्रतिशत निकाल्ने गरिएको छ ।नेपालमा धान खेती हुने जमिन वार्षिक रूपमा घट्दै गइरहेको बेला धादिङमा पनि त्यसको असर देखिएको छ ।
बर्सेनी उर्वर भूमि घरघडेरीका लागि उपभोग हुँदै जानु, कृषिमा जनशक्तिको अभाव, जग्गा बाँझै राख्नु आदि कारणले खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गइरहेको विज्ञहरु बताउँछन् ।
जिल्लामा कुल ४८ हजार एक सय ३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३५ हजार एक सय ५० हेक्टरमा खेती गरिदै आएको कृषि विकास कार्यालयले जनाएको छ । तस्विर:सन्तोष श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |