

काठमाडौँ । काठमाडौँ महानगरपालिका १५ स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न धादिङका २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको गल्छि गाउँपालिका ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङ रहेका छन् ।
गत साउन ७ गते सोमबार काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ सानो मन्दिरका राज कुमार लोले घर अगाडि पार्किङ गरिराखेको बागमती प्रदेश-०२-०३० प ०५९९नम्बरको मोटरसाइकल चोरी भएको भनि दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा तामाङलाई आईतबार बागमती प्रदेश-०२-०३३ प २७८९ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
यस्तै सोही ठाउँबाटै गल्छि गाउँपालिका ५ सागिनेका २० वर्षीय सरोज तामाङलाई पनि बागमती प्रदेश ०२-०३७ प ८८ ५१ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश-०२-०४२ प २९६४ रहेको उक्त मोटरसाइकल ठमेल सात घुम्तिको एक होटलको पार्किङबाट हराएको भनि लमजुङको सुन्दरबजार नगरपालिका १० का सुदिप अधिकारीले २०८० कार्तिक २६ गते खोजतलासका लागि निवेदन दिएका थिए ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।
यस कार्यमा संलग्न अन्य व्यक्तिको पनि खोजि तथा थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता खड्काले बताउनुभयो ।
उहाँले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गर्नु भएको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपालप्रहरीको हटलाईन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |