

काठमाडौं । धादिङको गजुरी गाउँपालिका-४ घर भएकी १७ वर्षीया सरिता तामाङको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० सतुङगल खरिबोट डेरा गरी बस्ने तामाङको हत्या गरेको अभियोगमा गजुरी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ खड्का गाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सरिता आफ्नै कोठामा बुधबार दिउँसो मृत अवस्थामा फेला परेपछी उनको दाजुले प्रहरीमा निवेदन दिएका थिए ।
घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आरोपीलाई काठमाडौँ-१४ स्थित खड्का गाउँबाट पक्राउ गरेको हो ।
आरोपीको साथबाट मृतकको मोबाइल बरामद गरिएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।सरिता तामाङ नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा १० कक्षामा अध्ययनरत थिइन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |