काठमाण्डौ । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २९ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रौतहटको वृन्दावन नगरपालिका–६ घर भई काठमाण्डौको नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषाको धनुषाधाम नगरपालिका–४ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–२ बस्ने ४७ वर्षीय विवाह घले रहेका छन् ।
विजयले मलेसिया पठाइदिने भन्दै १ जनाबाट ८० हजार, नेहाले बेलायत पठाइदिने भन्दै १ जनाबाट २४ लाख ५० हजार र विवाहले जापान पठाइदिने भन्दै १ जनाबाट ४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |