

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध १ सय ५० ग्राम खैरो हेरोइन सहित तिन जना पक्राउ परेका छन् ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र-१-०१-००६ ख ४७९६ नम्बरको बसमा सवार भारत घर भएका ३७ वर्षीय गोबिन्द बालालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा चन्द्रागिरी नगरपालिका-११ बस्ने २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका-११ बस्ने ३८ वर्षीय बिनोद तामाङको समेत संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई बा-५१ प ७५५८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |