काठमाडौं ।सामाजिक संजालको दुरूपयोग गरी डररत्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ पवित्र नगर बस्ने धादिङ गल्छी गाउँपालिका-१ घर भएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-७ घर भएका ३६ वर्षीय मनोहर थापा मगर, तनहुँ भानु नगरपालिका-११ घर भएका ३९ वर्षीय गुण बहादुर गुरूङ, गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २७ वर्षीय सुमन पराजुली रहेका छन्।
यस्तै गोरखा आरूघाट गाउँपालिका-६ घर भएका २९ वर्षीय पदम बहादुर मगर, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका-७ घर भएका २६ वर्षीय रोशन तामाङ र काठमाडौं महानगरपालिका-७ सुकेधारा बस्ने दोलखा बैतेश्वर गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोपाल मोक्तान रहेका छन्।
विभिन्न मितिमा तरवार, खुकुरी जस्तो धारिलो हातहतियार प्रयोग गरी टिकटक लगायतका सामाजिक संजालमा केक काट्ने वहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारणमा डररत्रास सृजना गरी आतंकित बनाउने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुधबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |