

काठमाण्डौ । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
आकर्षक तलबको प्रलोभनमा पारी साढे ३२ लाख रुपैयाँ ठगी गर्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाण्डौको तारकेश्वर नगरपालिका–५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अधिकारीले बेलायत पठाइदिने भन्दै एक जनाबाट ३२ लाख ५७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
उनलाई काठमाण्डौ महानगरपालिका–२६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |