

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लाघारी लहरेपाखा सामुदायिक बनमा बन डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।
मंगलबार सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीले नेपाल प्रहरी,नेपाली सेना, स्थानीय उपभोक्ता, स्थानीय सरकार, डिभिजन बन कार्यालय लगायतका निकायसँग समन्वय गरेर बन डढेलो तथा आगलागी नियन्त्रण गर्ने संयुक्त कृत्रिम अभ्यास प्रदर्शन गरेको हो ।
डढेलोलाई संयुक्त रुपमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने स्पष्ट हुनेगरि कृत्रिम घटना अभ्यास गरिएको सशस्त्र प्रहरी बल आश्रित गूल्म धादिङबेसीका प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलियाले बताउनुभयो ।
डढेलो लाग्दा सरकारका निकाय बीचको समन्वय र सहकार्यले बनडढेलो तथा आगलागी नियन्त्रण गर्न सकिने उदाहरण कृत्रिम घटना अभ्यासको क्रममा जानकारी दिइएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुवास हमाल, डिभिजन बन अधिकृत विष्णु आचार्य, नेपाल रेडक्रस सोसाइटीका सभापति दुर्लभ तामाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।
हेर्नुहोस् भिडियो …………….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |