

धादिङ । धादिङमा बहुविवाह मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका-६ सुनौलाबजार नवलपुरका ४१ वर्षीय नर बहादुर राना रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) सुवास हमालले बागमती कलमलाई जानकारी दिनुभयो ।
धादिङ जिल्ला अदालतबाट फैसला कार्यान्वयन अन्तर्गत एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएकोमा वारदात पश्चात् फरार रहेका रानालाई इलाका प्रहरी कार्यालय सुनौलाबजार धादिङबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक हमालका अनुसार पक्राउ परेका रानालाई आवश्यक कारवाहीको लागि धादिङ जिल्ला अदालतमा बुझाईएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |