

धादिङ । धादिङमा लागू औषध (गाँजा) मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका-४ का ४० वर्षीय दिपक तामाङ भन्ने केनाम सिं तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) सुवास हमालले बागमती कलमलाई जानकारी दिनुभयो ।
धादिङ जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएकोमा वारदात पश्चात् फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले १३ गते मंगलबार गजुरी-४ बाट पक्राउ गरि अदालतमा दाखिला गरिएको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
पक्राउ परेका तामाङलाई धादिङ जिल्ला अदालतबाट सोमबार चार वर्ष एक महिना कैद र असी हजार जरिवाना तोकिएको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |