

धादिङ । गल्छी गाउँपालिका वडा नं ५ कोईलीखर्कबाट लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोईलीखर्कका अन्दाजी ७० वर्षिय सिंह बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) सुवास हमालले जानकारी दिनुभयो ।
धादिङ जिल्ला अदालतबाट फैसला कार्यान्वयन अन्तर्गत ४ बर्ष कैद तथा ४० हजार जरिवाना सजाय तोकिएकोमा वारदात पश्चात् फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा मंगलबार बिहान पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
तामाङलाई फैसला कार्यान्वयनको लागि अदालतमा दाखिला गरिएको हमालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |