

धादिङ । बेनिघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट करिब १० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं.७ डाँडागाउँ बस्ने वर्ष–४० को राजेन्द्र भन्ने खेम बहादुर खड्का रहेका छन् ।
आइतबार बिहान प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले आदमघाटबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ह २१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा गाँजा फेला पारी चालक राजेन्द्रलाई पक्राउ गरेको हो ।
खड्काले चलाएको अटोमा चालक बस्ने सिट मुनी र ईन्जिनको भागको कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा प्लाष्टिकको झोलाहरु ११ वटा पोकामा परिमाणको गाँजा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) सुबास हमालले जानकारी दिनुभयो ।
खड्कालाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |