धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले सञ्चालन गरेको ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ को उपाधाी स्याङ्जाका चन्द्र गुरुङ (मुन) ले जित्न सफल हुनु भएको छ।
कला, संस्कृति, भेषभुषा गुरुङ जातीको पहिचान, यसको संरक्षण र संर्वद्धन हाम्रो अभियान’ भन्ने नारा सहित सञ्चालन भएको प्रतियोगीतामा नेपाल, भारत लगायत बिभिन्न देशहरुबाट ३ सय ४२ जना गुरुङ तथा गैर गुरुङहरुले सहभागीता जनाएका थिए।
ति मध्येबाट स्याङ्जाका चन्द्रले उपाधाी जित्न सफल हुनु भएको हो।
प्रतियोगीतामा चितवनकी अंकिता गुरुङ फस्ट रनअर रप, लमजुङका अनिल गुरुङ सेकेन्ड रनअर रप र धादिङकी प्रतिभा गुरुङ थर्ड रनअर रप हुनु भएको छ ।
प्रतियोगीताको विजेता चन्द्र गुरुङ (मुन) ले नगद २० हजार, ट्रफी प्रमाण पत्र लगायतका गिफ्ट ह्याम्पर प्राप्त गर्नुहुने छ भने फस्ट रनअर रपले नगद १० हजार, ट्रफी, प्रमाण पत्र, सेकेन्ड रनअर रपले ५ हजार, ट्रफी, प्रमाण पत्र तथा थर्ड रनअर रपले नगद १ हजार, ट्रफी प्रमाण पत्र सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बागमती कलमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगीताको उत्कृष्ट १० मा तनहुँका सन्दिप गुरुङ, दोलखाका सुवास गुरुङ, तनहुँकी सुनती गुरुङ, स्याङ्जाकी निस्मा गुरुङ, गोरखाकी सिसम गुरुङ, धादिङकी स्वेता गुरुङ, आयान्सी गुरुङ, तनहँुकी सोना झिमल गुरुङ, धादिङकी मनिका गुरुङ र गोरखाका कुशल गुरुङ चयन हुनुभएको छ ।
उत्कृष्ट १० हुने विजेताहरुलाई गुरुङ पोषाक सहित प्रमाण पत्र र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
फेसबुकमा आएका लाईक, कमेन्ट सेयर र बान्की पुरा गरेर गुरुङ पोषाक लगाएको आधारमा विजेता घोषणा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
विजेताहरुलाई भोलि पौष १५ गते सोमबार तमू ल्होसारको अवसरमा पुरस्कार वितरण गरिने उहाँको भनाई छ।
यस्तै उक्त कार्यक्रमको अवसरमा फोटो कन्टेस्ट सफल पार्न सहयोग गर्ने सहयोगीदाताहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
ईतिहासमै रचनात्मक कार्य गरेको भन्दै केन्द्रिय अध्यक्ष पवन गुरुङद्वारा धन्यपाद ज्ञापन
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका केन्द्रिय अध्यक्ष पवन गुरुङले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
धादिङ जिल्लाले सञ्चालन गरेको फोटो कन्टेस्ट तमू विद्यार्थीको ईतिहासमै रचनात्मक कार्य गरेको भन्दै जिल्ला कार्य समिति धादिङलाई धन्यवाद् ज्ञापन गर्नुभएको हो ।
सिमित स्रोत साधान प्रयोग गरि गुरुङ पोषाकको संरक्षण सम्र्वद्धन र प्रर्वद्धनमा उल्लेखनिय टेवा पुगेको भन्दै विजयी हुने, उत्कृष्ट १० प्रतियोगी लगायत सबैलाई बधाई दिनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |