

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।
शैक्षिक सुधारका लागि शिक्षाको लागि भिक्षा अभियान अन्तरगत गाउँपालिकाको आयोजनामा आजदेखी महायज्ञ सुरु भएको हो।
महायज्ञको बिहीवार राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले उद्घाटन गर्नुभएको हो ।

सामुदायिक विद्यालयको सवलीकरण मार्फत गुणस्तरीय शिक्षामा सबैको समतामुलक पहुँच स्थापित गराउने उद्देश्यले सप्ताह सुरु गरिएका गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले जानकारी दिनुभयो ।
विपन्न, दलित, सीमान्तकृत चेपाङ समुदायको आर्थिक सामाजिक रुपान्तरण गर्न, गरिबी र बञ्चितिकरणको पुस्तान्तरण चक्रलाई तोड्न, आमा बाबु नभएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लालन पालन, पोषण र शिक्षादीक्षा सुनिश्चित गर्न यो महायज्ञले सहयोग पुग्ने थपलियाले बताउनुभयो ।
चरौंदीस्थित खेल मैदानमा सुरु भएको महायज्ञ माघ २३ गतेसम्म संचालन हुनेछ । महायज्ञमा मञ्जरी राधिका दासीले भागवतको कथा वाचन गर्नुहुनेछ ।

महायज्ञमा बेनीघाट रोराङका एक सय ४७ जना कर्मचारी एक महिनाको तलब दान दिने भएका छन् । यसो गर्दा कर्मचारीहरुबाट मात्रै ४७ लाख रुपैंया भागवतमा संकलन हुनेछ ।
महायज्ञमा धेरै भन्दा धेरैलाई जोड्नका लागि गाउँपालिकाले सामाजिक संजालमार्फत व्यापक प्रचार गरिरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |