धादिङ । नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको छैटौँ हिउँदे अधिवेशन सम्पन्न भएको छ।
बुधबार धादिङबेशीमा भएको नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि सर्वसमत पारित भएको छ।
सभाले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधन सहित नगरपालिकाको कृषि विधेयक-२०८१, नगर प्रहरी व्यवस्थापन विधेयक-२०८१ पारित गरेको छ ।
सभामा नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीति तथा कार्यक्रमको कार्यान्वयन अवस्थाको समिक्षा प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाले नगरबासीको भावनालाई सम्बोधन गरेर काम गरीरहेको नगर प्रमुख ढुंगानाले बताउनुभयो ।
नीलकण्ठमा १२ कक्षाको सम्मको शिक्षा निशुल्क गरेर स्थानीय सरकारको आभास गराउने काम गरेको भन्दै उहाँले शैक्षिक गुणस्तर बृद्धिको लागि नगरपालिकाले शिक्षामा धेरै काम गरीरहेको बताउनुभयो ।
साथै वडा कार्यालय सम्म पिच गर्ने नीति अनुसार काम भईरहेको भन्दै उहाँले एकाध वडा बाहेर अन्य वडा सम्म कालोपत्रे सम्पन्न भईसकेको बताउनुभयो।
स्वास्थ्य,खानेपानी,खेलकुद,कृषि,पर्यटन लगायतको क्षेत्रमा नगरपालिकाले काम गरीरहेको भन्दै उहाँले उत्साह र आशा जगाउने गरी काम गरीरहेको र दातृ निकायसँगको सहकार्यमा काम गरीरहेको बताउनुभयो ।
एकिकृत नगर विकास योजना, आवधिक योजना र विगत ८ बर्षको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाई छ ।
स्थानीय सरकारको माध्यमबाट नगरको समग्र विकास गर्ने ऐतिहासिक जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गदै देशकै नमूना नगरपालिकाको रुपमा नीलकण्ठ नगरपालिकालाई स्थापित गरेको ढुंगानाले बताउनुभयो।
यसैगरी सभामा नगर उप प्रमुख दिपक विश्वकर्माले आर्थिक् बर्ष ०८०/८१र चालू आर्थिक बर्षकोे कार्तिक मसान्तसम्मको बजेट कार्यान्वयन प्रतिवेदन तथा विनियोजन ऐन, २०८१ र आर्थिक ऐन, २०८१ मा संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।
चालू आ.व. २०८१/०८२ को कुल विनियोजित बजेट रु। १ अर्ब २२ करोड २३ लाख ९२ हजार ४०० भएकोमा मिति २०८१ मंसिर ११ गते सम्मको खर्च रु.२० करोड ,६२ लाख ५२ हजार ४ सय २५ रहेको उप प्रमुख विश्वकर्माले बताउनुभयो।
जुन विनियोजनको आधारमा १६.८७ प्रतिशत खर्च भएको प्रगती प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक २०८१/०८२ मा नगरपालिकाको आन्तरीक आयको प्रक्षेपण ५ करोड रुपैयाँ गरिएकोमा कार्तिक मसान्तसम्मको आन्तरीक आय १ अर्ब ३० करोड ४७ लाख ३ सय ११ रुपैयाँ २८ पैसा संकलन भएको छ ।
त्यस्तै गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २४ करोड ७ लाख ९३ हजार २ सय २३ रुपैंयाँ ५५ पैसा कुल विनियोजित बजेट भएकोमा आर्थिक वर्षको अन्तसम्ममा १ अर्ब २ करोड ९० लाख ४५ हजार ४ सय ७० रुपैयाँ ३० पैसा खर्च भएको थियो।
जुन विनियोजनको आधारमा ८२.९३ प्रतिशत खर्च भएको उपप्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।
चालु र पूजिगत खर्चलाई छुट्टाछुट्टै हेर्दा चालू तर्फ विनियोजन भएको रकम मध्ये ८७.१९ प्रतिशत र पूजीगत तर्फ विनियोजित मध्ये ७४.३८ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो ।
नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि सर्वसमत पारित भएको छ।
सभामा उठेका सवालहरु माथि नगर प्रमुख ढुंगानाले प्रष्ट पार्नुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |