

धादिङ । धादिङमा बजार अनुगमन जारी छ।जिल्ला अनुगमन समितिले बिभिन्न स्थानमा नियमित अनुगमन गर्दै आईरहेको छ।
अनुगमनका क्रममा बिहिबार पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकामा रहेको भैरवीनाथ भोजनालयलाई २५ हजार जरिवाना तिराईएको अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले जानकारी दिनुभयो।
अनुगमनका क्रममा अखाद्य वस्तु विक्रि गरिएको भेटिएपछि जरिवाना गरिएको न्यौपानेले बताउनुभयो ।
होटलमा खानेकुराहरु खान सक्ने अवस्थामा नभएको,फ्रिजमा राखेको मासु लगायतका खानेकुरा गन्हाइ रहेको, सरसफाई नभएको र खानेकुराहरुको लेवलिङ नभएका कारण प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ दफा ६१ (१) बमोजिम कारवाही गरिएको उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुणामणी पुरीले बताउनुभयो।
अनुगमन टोलिले अखाद्य वस्तुहरु नष्ट गरेको छ ।
राजमार्गलाई लक्षित गरी नियमित अनुगमनमा रहेको र यस अघि पनि थुप्रै होटल तथा पसलहरुलाई कारवाही तथा तथा निर्देशन दिईएको अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |