धादिङ । बेनिघाट रोराङ गाउँपालिकामा भएको महायज्ञबाट ५ करोड भन्दा बढि रकम संकलन भएको छ ।
शिक्षाका लागि भिक्षा अभियान भन्ने मूल नाराका साथ गत माघ १७ गतेदेखी २३ गतेसम्म वडा नं ७ स्थित चरौँदीमा भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट ५ करोड ८५ लाख रकम संकलन भएको गाउँपालिका लेखाशाखा प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।
शनिबार पत्रकार सम्मेलन गरी महायज्ञबाट संकलित रकमको आयब्यय रकम सार्वजनिक गरिएको हो ।
लेखाशाखा प्रमुख अर्यालका अनुसार महायज्ञमा ७८ लाख खर्च भएको छ ।
सप्ताहबाट संकलित रकमले निःशुल्क शिक्षामा लगानी गर्ने बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताउनुभयो ।
चेपाङजातिको शिक्षा उत्थानमा गरिएको यो अभियानमा हरेक बर्ष रकम संकलन अभियान चलाउँदै यो कोषलाई अगाडि बढाउने भन्दै उहाँले मितव्ययिता अपनाउने र पारदर्शिताका साथ अगाडी बढ्ने बताउनुभयो ।
सप्ताहबाट संकलित रकमले गरिव, विपन्न तथा चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने ठूलो सहयोग पुग्ने पालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नर्वदा घिमिरेले सप्ताहमा संकलन भएको रकमले बेनीघाट रोराङ गाउँपालिकाबासीहरुको शिक्षामा फड्को मार्ने बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |