

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ सलाङ स्थित मैदानमा रहेको पञ्चमुखि मन्दिरमा धान्यपूर्णिमा विशेष मेला सम्पन्न भएको छ ।
कालाभैरव आमा समूह सिद्धलेक-४, मैदान धादिङको आयोजनामा आईतबार राति प्रथम धान्यपूर्णिमा मेला–२०८१ सम्पन्न भएको हो ।
मेलामा ख्याति प्राप्त लोक दोहोरी गायिका सुमन थापा मगर, लोक दोहोरी गायिका जयन्ता मगर, लोक दोहोरी गायक सागर बिसी, गायक पदम आले, सम्बेदन थापा, विवश दर्लामी, हास्य कलाकार प्रेम विश्वकर्मा, कलाकार शिव अनुरागसँगै गोधुली सांस्कृतिक परिवारको प्रस्तुती रहेको थियो ।
कालाभैरव आमा समूहकी अध्यक्ष अस्मिता थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता, वडा नं ३ का वडाध्यक्ष देव बहादुर पुलामी,बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि समाजसेवी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष खतिवडाले पञ्चमुखि मन्दिरको संरक्षणको लागि गाउँपालिकाबाट बजेट व्यवस्थापन गरिने बताउनुभएको छ ।
पञ्चमुखि मन्दिरमा हरेक वर्ष धान्यपूर्णिमाको दिन मेला लाग्ने गरेको छ।

अन्य तस्विरको लागि र भिडियो लागि तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |