

धादिङ । धादिङमा बागमती साहित्यिक महोत्सव–२०८१ हुने भएको छ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा कर्मचारी मिलन केन्द्र धादिङ, नीलकण्ठ प्रज्ञा प्रतिष्ठान ,नेपाल पत्रकार महासंघ धादिङको व्यवस्थापनमा आगामी फागुन १६ र १७ गते सदरमुकाम धादिङबेशीमा बागमती साहित्यिक महोत्सव हुने भएको हो।
शुक्रबार कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।
बैठकले महोत्सव संचालन गर्न मूल समायोजन समिति समेत गठन गरेको छ ।
मिलन केन्द्रका अध्यक्ष आचार्यको संयोजकत्वमा गठन भएको समितिमा प्रकाश पौडेल, गायत्री खतिवडा, सिताराम अधिकारी, डा.नविन बन्धु पहाडी, देवी प्रसाद अधिकारी र लालकाजी श्रेष्ठ सदस्य रहनुभएको छ।
महोत्सवले साहित्यिक ऐतिहासिक सम्बन्धलाई सुमधुर बनाउने तथा कला, संस्कृति र साहित्यको प्रवर्धनमा सहयोग पुग्ने बताइएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |