काठमाडौं । बागमती प्रदेश स्तरिय खुल्ला लघुकथा प्रतियोगीतामा दोलखाका टिकाराम पोखरेलको लघुकथा ‘डोजर र मान्छे’ प्रथम भएको छ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले आयोजना गरेको प्रतियोगीतामा पोखरेलको लघुकथा ‘डोजर र मान्छे’ प्रथम भएको हो।
यस्तै प्रतियोगीतामा ललितपुरका अजय रिसालको प्रेमकी देवी शिर्षकको लघु कथा द्धितिय, काठमाण्डौंका धन्वन्तरी मिश्रको विकृत प्रदुषण तृतिय र गंगा खड्काको गरिमा लघुकथा सान्तत्वना भएको छ ।
प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्तत्वना हुनेलाई क्रमश नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ ।
शनिबार धादिङबेसीमा वैदिक परम्परामा मीमांस दर्शनको समकालिन सान्दर्भिकता विषयक विद्धत गोष्ठीमा विजयी लेखकहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा काठमाडौं विश्व विद्यालयका भाषा तथा आमसञ्चार विभाग प्रमुख डाक्टर निर्मलमणी अधिकारीले वैदिक परम्परामा मीमांस दर्शनको समकालिन सान्दर्भिकता विषयमा अभिमुखीकरण गर्नुभएको हो ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले साहित्य क्षेत्रले सामाजिक रुपान्तरण तथा विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
त्यस्तै नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका अध्यक्ष बद्री प्रसाद दाहालले साहित्य क्षेत्रमा मानिसहरुलाई जागरुक बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |