राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाउने भएकी छन्। राष्ट्रपति भण्डारीले विभिन्न विशिष्ट व्यक्तिका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका छ।
त्यस्तै गरी सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ। राष्ट्रपति कार्यालयले टीका ग्रहण गर्न शितल निवास आउँदा मर्यादित पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ।
यता पूर्वराजा ज्ञानेन्द्र शाहले भने सर्वसाधारणलाई टीका नलगाउने भएका छन्। डेङ्गु संक्रमणलगायत जनस्वास्थ्यलाई ख्याल गर्दै पूर्वराजाले यसपटक टीका लगाउने कार्यक्रम नराखेको उनका सञ्चार सचिव फनीराज पाठकले जनाएका छन्।File Photo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |