धादिङ,२४ असोज।
धादिङको सिद्धलेक गाउँपालिका–२ स्थित नलाङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चितवनको भरतपुर महानगरपालिकाले जितेको छ ।
तमु युवा समाज,सिद्धलेकद्धारा खिर्रेमा आयोजित अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाईनल खेलमा धादिङको चक्रदेबी सेवा समाजलाई ३—१ को सोझो सेटमा पराजित गर्दै चितवनको भरतपुर महानगरपालिकाले उपाधि जितेको हो ।
प्रतियोगीतामा सिद्धलेक गाउँपालिका वडा नं ३ समुह बि लाई हराउँदै भरतपुरले फाइनलको यात्रा गरेको थियो। प्रथम भएको भरतपुरले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
यस्तै दोस्रो भएको चक्रदेबी सेवा समाजले नगद ५० हजार र तेस्रो भएको सिद्धलेक गाउँपालिका वडा नं ३ समुह बिले नगद ३० हजार पाएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।प्रतियोगितामा १२ टिम सहभागि भएका थिए ।
यसैविच हिजो आईतबार धादिङको सिद्धलेक गाउँपालिका र नीलकण्ठ नगरपालिका बिच मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा नीलकण्ठ नगरपालिकाले जित हाँसिल गरेको छ ।सिद्वलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आथित्यता रहेको कार्यक्रममा उपाध्यक्षसबिता अर्यालको बिशेष आथित्यता तथा प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्र लगाएतको आतिथ्य रहेको थियो ।
प्रतियोगिताको मुख्य प्रायोजक सिद्धलेक गाउँपालिका, सह प्रायोजक उग्रचण्डि युवा क्लब र सहयोगि संस्थाहरुमा जिल्ला खेलकुद विकास समिति, जिल्ला भलिबल संघ, सिद्धलेक भलिबल संघ र जीवन ज्योति युवा क्लब रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |