ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् ।
काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई मोटरसाइकलका चालकलाई कारबाहीमा गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सात सय ८८ चालक पनि कारबाहीमा परेका प्रहरीले जानकारी दिएको छ । स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ ।
नम्बरप्लेट स्पष्ट नराखी सवारीसाधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसूर हुनुका साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने प्रहरीले जनाएको छ । कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरूपमा देखिने र बुझिने गरी मापदण्डअनुसारको नम्बरप्लेट बनाएर सवारीसाधनको अगाडि र पछाडि राख्न अनुरोध गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |