धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाईते भएका छन्।
नलाङ खिर्रेको एक धार्मिक कार्यक्रममा सहभागी भएर चितवनतर्फ फर्कँदै गरेको ना ३ ख ६२८७ नम्बरको बस रैजँले मोड नजिकै सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ की १३ बर्षिया कविता औझी, सोही ठाउँकी ७० बर्षिया बिन्दा कामि, ५६ बर्षिया भोटेनी सुनार, सिद्धलेक गाउँपालिका वडा नं ५ की ३२ बर्षिया बिन्दु घले, गोरखाको पालुङटार वडा नं ४ की ३८ बर्षिया सन्जु श्रेष्ठ, चितवनको रत्ननगर नगरपालिका वडा नं १३ का ३९ बर्षिय गणेश परियार, सोही ठाउँका ६१ बर्षिय दुर्गा परियार र चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ की २८ बर्षिया मिश्रि राना घाईते भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालले बागमती कलमलाई जानकारी दिनुभयो ।
घाईतेहरुको अवस्था सामान्य रहेको र सदरमुकाम धादिङबेशीस्थित धादिङ अस्पताल उपचार भईरहेको डिएसपी हमालले बताउनुभयो । तस्विर : स्थानिय सुवास लम्सालले घटनास्थलमा लिनुभएको हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |