

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत स्कटल्यान्डमा जारी त्रिदेशीय एकदिवसीय श्रृङखलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
खेल दिउँसो पौने ४ बजे देखी डुन्डेको फोर्थहिल मैदानमा शुरु हुनेछ ।
लिग–२ को आफ्नो चौथो चरणको शृङखलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।
शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको नेपाल अस्ति आइतवार भएको तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित हुन पुग्यो ।
त्यसअघि नेपालले गएको १९ गते सोमवार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेट र त्यसपछि बुधवार भएको दोश्रो खेलमा नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म छ वटा एकदिवसीय खेल भएको छ । जसमा समान नेपालले तीन र नेदरल्यान्ड्सले तीन खेल जितेको छ ।
नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्याण्ड,क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो ।
सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ ।पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १५ खेलमा १० अङ्कसहित लिगको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २२ खेलमा २६ अङ्कसहित दोश्रो स्थानमा छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |