

धादिङ । सदरमुकाम धादिबेसीमा एक सय १९ जनाले रक्तदान गरेका छन् ।
मंगलबार लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३४ जना महिला र ८५ जना पुरुष गरी कूल एक सय १९ जनाले रक्तदान गरेका लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीका अध्यक्ष विक्रम विश्वकर्माले बागमती कलमलाई जानकारी दिनुभयो ।

अध्यक्ष विश्वकर्माले वृहत रक्तदान कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरुलाई विशेष धन्यवाद प्रकट गर्नुभएको छ ।
धादिङ अस्पताल, धादिङ लायन्स क्लब अफ धादिङ मण्डली, धादिङ फिटनेस सेन्टरको सहकार्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो ।

लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले यही महिनाको असार ३१ गते गजुरी गाउँपालिकाको वडा नं ७ स्थित चेपाङ समुदायको वस्तीमा निःशुल्क वृहत विषेशज्ञ स्वास्थ्य शिविर गर्ने अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
क्लबले गत मंगलबार नया कार्यसमितिको शुभारम्भ भएको दिनको अवसर पारेर धादिङ अस्पताल परिसरमा सरसफाई गर्नुका साथै अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण समेत गरेको थियो ।
क्लबको लायन वर्ष २०२५–२६ को लागि गत मंगलबार मात्रै अध्यक्षमा विश्वकर्मा चयन हुनुभएको हो । यसअघि लायन वर्ष २०२४–२५ का अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर) हुनुहुन्थ्यो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |