

धादिङ । स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकहरूलाई थप सहज र सरल बनाउने गरी प्रथम सेवा विन्दु सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ।
बोर्डले धादिङका पाँच वटा स्वास्थ्य संस्थाहरुलाई प्रथम विन्दुका रुपमा सूचिकृत गरेको छ ।
स्वीकृत सेवा प्रदायक संस्थाहरुमा जिल्लाको बैरेनी अस्पताल, फुलखर्क ग्रामीण अस्पताल, धादिङ अस्पताल, सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ ।
यो व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ।
अहिलेसम्मको व्यवस्थाअनुसार बीमितले बीमा गराउँदा नै छनोट गरेको एउटा मात्र प्रथम सेवा विन्दुबाट सेवा लिनुपर्ने बाध्यता थियो।यसले बीमित नागरिकहरूलाई देशका विभिन्न स्थानमा हुँदा सेवामा पहुँच पाउन कठिनाइ हुने र गुनासो बढ्ने अवस्था देखिएको थियो।
बीमितले आफ्नो पहिलो छनोट गरिएको सेवा विन्दुमा नै पुगेर सेवा लिनुपर्ने बाध्यता हटाउनका लागि स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ मा संशोधन गरिएको हो।
नयाँ व्यवस्थाअनुसार बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा अनुमति प्राप्त गरेका जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले सेवा लिन सक्ने छन्।
यसले बीमितलाई देशभर जुनसुकै स्थानमा रहे पनि नजिकको स्वीकृत सेवा प्रदायक संस्थाबाट स्वास्थ्य सेवा लिन सहज बनाउने बोर्डले स्पष्ट पारेको छ।
बोर्डले यस नयाँ व्यवस्थाले बीमा सेवा थप प्रभावकारी हुने र नागरिकहरूलाई सहज स्वास्थ्य सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ। तस्विर : धादिङ अस्पताल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |