

धादिङ । धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्द कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
बागमती प्रदेश योग खेलकुद संघको आयोजनामा शनिबार धादिङबेशीमा भएको प्रथम साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति र २ जना प्रदेश प्रतिनिधी चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा जयन्ती रेग्मी र सन्दिपप्रसाद घिमिरे, सचिवमा रामकुमार श्रेष्ठ, सह-सचिवमा यमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा चित्रबहादुर श्रेष्ठ चयन हुनुभएको छ भने सदस्यहरुमा कुमार बहादुर बुढाथोकी, पदमबहादुर तामाङ, हरिशंकर गिदेल, चमेली बगाले काप्री, बुद्धिबहादुर थापा, शंकर प्रसाद थपलिया र कमलादेवी श्रेष्ठ चयन भएका छन् ।
यस्तै प्रदेश प्रतिनिधी सदस्यमा शंकर प्रसाद थपलिया (केशव) र कमला देवी श्रेष्ठ चयन हुनुभएको छ ।
बागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष केदारनाथ बस्ताकोटीको अध्यक्षतामा भएको सभामा धादिङ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल योग खेलकुद संघ बागमती प्रदेशका महासचिव चुणामणि खरेल, ललितपुर जिल्ला अध्यक्ष डिवि श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तामाङले धादिङमा अब योग खेलकुदको विकास हुने बताउनुभयो ।
हरेक खेललाई जिल्ला खेलकुद विकास समितिले सहयोग गर्ने भन्दै उहाँले जिल्लामा योगलाई अन्य विधाका खेलकुदहरुलाई जस्तै चलायमान बनाउन आग्रह गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |