

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं. १ स्थित नलाङ वैरेनी चोकदेखि अर्चले डाँडा हुँदै खनाल टारसम्मको कालोपत्रे सडकमा श्रमदानमार्फत सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ ।
सार्वजनिक सरसफाई तथा सामाजिक सद्भावका लागि वडाको आयोजनामा बुधबार भएको सरसफाई कार्यक्रममा वडावासी जनसमुदाय, राजनितिक दल,सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, आमा समूह, टोल विकास समिति, यूवा क्लब, स्वास्थ्य स्वयंसेविका, नागरिक समाज, विभिन्न संघ-संस्था लगायतका व्यक्तिहरु सहभागी थिए ।
सरसफाई कार्य वैरेनी चोकबाट सुरु भई अर्चले डाँडा र खनाल टारसम्म गरिएको थियो ।
यस अभियानले वडाको सार्वजनिक स्थानलाई सफा राख्न, स्थानीय स्वामित्वको भावना बढाउन र सहकार्यको सन्देश दिने वडा अध्यक्ष पेमा वाङग्याल लामाले बताउनुभयो ।
वडा नं १ भित्रकै अको सडक डुम्रे खोला देखि वडा कार्यालयसम्मको सडक सरसफाई भने अर्को सूचनाको आधारमा सञ्चालन गरिने वडा अध्यक्ष लामाले बताउनुभयो ।
स्थानीय विकासमा सबैको सहभागिता महत्वपूर्ण हुने भन्दै वडाले कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।
तस्विरहरु






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |