

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङमा आवद्ध विद्यालयमा आज शोक विदा दिईएको छ ।
सोमबार प्याब्सनले एक शोक विज्ञप्ति जारी गर्दै धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा रहेको गुड स्टार्ट बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक साथै प्याब्सन धादिङका संस्थापक सल्लाहकार हर्कविर लामाको असामयिक निधनको दुखद घडीमा आज शोक विदा दिएको जानकारी गराएको छ ।
गत असार २२ गते देखि निमोनिया रोगका कारण अस्वस्थ भई नर्भिक अस्पतालमा उपचार गराइरहेका लामाको उपचारकै क्रममा साउन ११ गते निधन भएको थियो ।
लामाले वि.सं.२०५० सालमा गुड स्टार्ट बोर्डिङ स्कुलको स्थापना गरी निरन्तर विद्यालयको शैक्षिक, भौतिक तथा नैतिक विकासमा महत्वपूर्ण योगदान दिनुभएका र कठोर परिश्रम, समर्पण र दुरुदृष्टिपूर्ण नेतृत्वले अनगिन्ती विद्यार्थीहरुलाई जीवनमा अगाडि बढ्न प्रेरणा दिनुभएको प्याब्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |