

धादिङ । काठमाडौं महानगरपालिका-१४ कलंकीबाट करिब १ ग्राम ९ सय १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, करिब १ सय ३८ ग्राम ८ सय ६० मिलिग्राम गाँजाको धुलो, डिजिटल तराजु १ थान र नगद २१ हजार रूपैयाँ सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङका ३६ वर्षीय शिव नेपाली, रामेछाप घर भएका ३० वर्षीय मिलन श्रेष्ठ र झापा घर भएका २६ वर्षीय सुरज श्रेष्ठ रहेका छन् ।
मंगलबार बेलुकी प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |