

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय-व्यय विवरण सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को बिहिबारमूलपानीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ रहेको जनाएको छ ।
प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार पाँच सय ५९ रुपैयाँ खर्च भएको छ ।आय-व्ययपछि ७ करोड ५३ लाख ९१ हजार दुई सय ५९ रुपैयाँ नाफा देखिएको छ ।
त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । त्यो रकम ४ करोड ३७ लाख ४० हजार चार सय ७० रुपैयाँ छ ।
बाँडफाँडपछि क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रुपैयाँ रहेको क्यानले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |