

धादिङ । नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघ धादिङको जिल्ला समिति गठन गरिएको छ ।
शुक्रबार धादिङ क्योकुसिन सेइसिन काइकान कराँते संघको आयोजनामा भएको भेलाले जय राम थिङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा शुक्रबहादुर तामाङ, सचिवमा सन्दिप तामाङ, कोषाध्यक्षमा राममायाँ तामाङ रहनुभएको छ भने सदस्यहरुमा हेमन्त तामाङ, सुनबहादुर तामाङ, मनोज तामाङ, समिर तामाङ, सूर्यमान तमाङ, भीमबहादुर तामाङ, सुसान्त तामाङ, कुमार तामाङ सुर्यबहादुर तामाङ, राजेन्द्र घले र राजेन्द्र तामाङ रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले धादिङ जिल्ला खेलकुदको हव बन्दै गएको बताउनुभयो ।
जिल्लामा पछिल्लो समय हरेक बिधाका खेलाडीहरुको प्रतिभा उजागर भएको भन्दै उहाँले यस संघले पनि संस्थागत गतिविधि गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष प्रतापसिंह तामाङले हरेक खेललाई जिल्ला खेलकुद विकास समितिले सहयोग गर्ने भन्दै उहाँले जिल्लामा यस खेललाई पनि अन्य विधाका खेलकुदहरुलाई जस्तै चलायमान बनाउन आग्रह गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |