

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको प्रायोजक नासा सेक्युरिटिज बनेको छ ।
आईतबार काठमाण्डौमा एक कार्यक्रमका बीच नेपाल क्रिकेट सङ्घ (क्यान) र नासा सेक्युरिटिजबीच जर्सी प्रायोजनसम्बन्धी सम्झौता भएको हो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडेलले संयुक्त रूपमा जर्सी अनावरण गरेका थिए ।
क्यान र नासा सेक्युटिरिजबीच तीन वर्षको सम्झौता भएको हो ।
सम्झौता अनुसार नासा सेक्युरिटिजले क्यानलाई वार्षिक २ करोड ३६ लाख रुपैयाँ दिनेछ ।जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको छ । तस्वीर : क्यान





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |